Opens in a new tab

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ

नवलपुर टुडे

1.4KShares

सारांश

  • जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको छ।
  • रास्वपा नेता हिमेश पन्तले व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने किसिमका सामग्री प्रकाशन गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।
  • पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कारोबार ऐन तथा साइबर अपराधसम्बन्धी कानुनअनुसार थप अनुसन्धान भइरहेको छ।
dida bag ad

काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको टोलीले उनलाई शनिबार आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। पन्तले जनआस्था मिडियामार्फत आफ्नो व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने गरी भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा कारबाहीको मागसहित उजुरी दर्ता गराएका थिए।

पन्तको उजुरी दर्ता भएलगत्तै अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका श्रेष्ठमाथि साइबर अपराध तथा विद्युतीय कारोबार ऐनअनुसार थप कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।