बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते

नवलपुर टुडे

सारांश
- काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ।
- सो दुर्घटनामा परेर बालकका बुबा र आमा गम्भीर घाइते भएका छन् र उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
- प्रहरीले दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको ग्यास बुलेट र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपामा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा र आमा घाइते भएका छन्। जिल्लाको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा शनिबार बिहान भएको दुर्घटनामा खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए।
प्राप्त विवरणअनुसार असोज ३१ गते बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट HR38AL1634 को ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान करिब ६ बजे चिकित्सकले बालक जुवास बुढाथोकीलाई मृत घोषणा गरेका थिए। उनका बुबा र आमाको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र
















