चिकित्सा शिक्षामा ४१८ नयाँ सिट थपिए, कहाँ कति (सुचिसहित)

नवलपुर टुडे

सारांश
- चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षामा देशभर कुल ४१८ वटा नयाँ सिट थप गरिएको छ।
- गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पठनपाठन सुरु हुने भएको छ।
- थप गरिएका सबै सिटहरू निजी कलेजलाई नभई सरकारी शिक्षण संस्थालाई मात्र उपलब्ध गराइएको छ।

काठमाडौँ । चिकित्सा शिक्षामा ४१८ नयाँ सिट थपिएको छ। देशमै गुणस्तरीय चिकित्सा शिक्षाको पहुँच बढाएर डाक्टर-नर्स बन्ने वातावरण बनाउनका लागि सिट थप गरिएको हो।
चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षामा ४१८ वटा नयाँ सिट थप भएको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए। २०८३/८४ का लागि ९ हजार ६९१ सिट निर्धारण भएको छ।
गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएस पठनपाठन सुरु हुँदैछ। धरानस्थित बीपी कोइराला र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०/३० गरी एमबीबीएसतर्फ ११० सिट थपिएको छ। यसबाहेक बिएससी नर्सिङमा २१० सिट र बिएमएसमा ९८ सिट थप भएको छ।
निजी कलेजहरूको सिट संख्या यथावत राखि सबै थप सिट सरकारी शिक्षण संस्थालाई दिएका उनले बताए।

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
















