बडादसैँको शुभकामना दिँदै राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावितको पुनःस्थापनामा जुट्न अपिल

नवलपुर टुडे

सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।
- उहाँले दसैँ पर्वले बहुजातीय र बहुसांस्कृतिक मुलुक नेपालमा सामाजिक एकता, सद्भाव, भाइचारा तथा सत्यको विजयको संदेश दिने उल्लेख गर्नुभएको छ।
- साथै, राष्ट्रपति पौडेलले हालैको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरूको पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले दसैँले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई सुदृढ गर्दै पहिचानलाई जोगाइराख्न मद्दत पुर्याएको राष्ट्रपतिको भनाइ छ।
विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको सन्दर्भ स्मरण गराउँदै उनले यो पर्व अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने उल्लेख गरे।
पारिवारिक जमघट र खुसी साटासाट गरिने दसैँको सामाजिक, धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय महत्त्व निकै ठूलो रहेको उनले स्पष्ट पारे।
यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गरेका छन्।
उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। बाढी प्रभावितहरूको पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न पनि उनले अपिल गरेका छन्।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















