खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ

रासस

सारांश
- सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्षमा सिमेन्ट उद्योगबाट ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्क प्राप्त गरेको जनाएको छ।
- नगरपालिकाले सोही अवधिमा खानी तथा खनिजसम्बन्धी रोयल्टीबापत एक करोड १७ लाख ६५ हजार एक सय ६० रुपैयाँ आम्दानी गरेको छ।
- आम्दानीको विवरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएपछि नगरपालिकाले विज्ञप्ति जारी गर्दै यी दुवै फरक शीर्षकका आम्दानी भएको स्पष्ट पारेको छ।

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट रु ३० लाख र खानी रोयल्टीबाट रु एक करोड १७ लाख आम्दानी भएको जनाएको छ।
नगरपालिकाले सो आवमा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकमा आम्दानीका रूपमा प्राप्त हुने स्पष्ट पारेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार भूगर्भ सिमेन्ट उद्योगबाट नगरपालिकाले रु ३० लाख १८ हजार स्थानीय विकास शुल्कबापत प्राप्त गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख भएको उक्त रकम सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कका रूपमा प्राप्त वास्तविक आम्दानी भएको विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै, सोही आर्थिक वर्षमा खानी तथा खनिजसम्बन्धी रोयल्टीबापत नगरपालिकाले रु एक करोड १७ लाख ६५ हजार १६० प्राप्त गरेको जनाएको छ। नगरपालिकाले यी दुई रकम फरक–फरक आम्दानी शीर्षकअन्तर्गत पर्ने भएकाले एउटै शीर्षकको आम्दानीका रूपमा बुझ्न नहुने स्पष्ट पारेको छ।
सन्धिखर्क नगरपालिकाको आम्दानी विवरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा तथा टिप्पणी हुन थालेपछि नगरपालिकाले एक विज्ञप्ति जारी गरी आधिकारिक स्पष्टीकरण दिएको हो।

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते
अरुपनि पढ्नुहोस
सबै
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

‘छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ’

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’
















