Opens in a new tab

कैलालीमा २ लाख ४७ हजारका भन्सार छलीका कपडा बरामद, तीन जना पक्राउ

नवलपुर टुडे

1.5KShares

सारांश

  • कैलालीको बर्दगोरियाबाट भन्सार छली गरेर ल्याइएको कपडासहित तीन जना पक्राउ परेका छन्।
  • प्रहरीले जाँच गर्ने क्रममा अटोबाट करिब अढाई लाख रुपैयाँ मूल्य बराबरका सर्टहरू बरामद गरेको छ।
  • पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय पठाइएको छ।
dida bag ad

धनगढी । कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका कपडासहित तीन जना पक्राउ परेका छन्।बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा कपडा बोकेको अटो नियन्त्रणमा लिएको हो।सुपप्र ००१ ह ४२५३ नम्बरको अटोबाट २ लाख ४७ हजार १७५ रुपैयाँ मूल्यका साना–ठूला सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अटो चालक जानकी गाउँपालिका–५ का ३५ वर्षीय विपत राम चौधरी तथा टीकापुर नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवर रहेका छन्।उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय, कैलालीमा पठाइएको प्रहरीले जनाएको छ।

 

अरुपनि पढ्नुहोस

सबै