एमाले केन्द्रीय कार्यलय सुरक्षाको जिम्मा पूवसैनिक र पूर्वप्रहरीलाई

नवलपुर टुडे

सारांश
- एमालेले सरकारले सुरक्षाकर्मी हटाएपछि आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा पूर्वसैनिक तथा पूर्वप्रहरीलाई जिम्मा लगाएको छ।
- कार्यालय परिसरमा अपरिचित व्यक्तिको गतिविधि बढेपछि चौतर्फी रूपमा सीसीटीभी जडान गरी निगरानी बढाइएको छ।
- नयाँ व्यवस्थाअनुसार अब पूर्वसुरक्षाकर्मीको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षाव्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो ।
कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा सीसीटीभी जडान गरी निगरानी समेत बढाएको छ । वि.सं. २०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै पूर्वजानकारीविना हटाइएको थियो ।
सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाउनु परेको एमालेले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछ भने क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिने प्रचारविभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

अरुपनि पढ्नुहोस
सबै
सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

















