हर्मुज क्षेत्रमा दुई मालवाहक जहाज डुबे, जहाजमाथि आक्रमण तीव्र

एजेन्सी

सारांश
- स्ट्रेट अफ हर्मुज नजिक क्षेप्यास्त्र प्रहारबाट क्षति पुगेपछि पछिल्लो २४ घण्टामा कन्टेनर र सुख्खा थोक सामग्री बोक्ने दुईवटा मालवाहक जहाज डुबेका छन्।
- अमेरिका–इरान युद्ध सुरु भएयता यस क्षेत्रमा आक्रमणबाट डुबेका व्यावसायिक जहाजको कुल संख्या तीन पुगेको छ भने यसले विश्व ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ।
- इरानले प्रतिबन्धको जवाफमा आक्रमणको नयाँ रणनीति अपनाएसँगै तेल ट्याङ्कर मात्र नभई अन्य मालवाहक जहाजसमेत गम्भीर जोखिममा परेका छन्।

काठमाडौँ। स्ट्रेट अफ हर्मुज नजिक क्षेप्यास्त्र प्रहारबाट क्षति पुगेपछि पछिल्लो २४ घण्टामा दुई वटा मालवाहक जहाज डुबेका छन् ।
समुद्री सुरक्षा अधिकारीहरूका अनुसार डुब्ने जहाजमा एउटा कन्टेनर जहाज र अर्को सुख्खा थोक सामाग्री बोक्ने जहाज छन्। पछिल्लो १० दिनमा यस क्षेत्रमा व्यावसायिक जहाजमाथिका आक्रमण तीव्र बनेको छ ।
सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार जहाजमा रहेका सबै २१ जना चालकदलका सदस्यलाई सुरक्षित उद्धार गरिएको छ । घटनामा कोही घाइते भएका छैनन् ।
त्यस्तै, एन्टिगुवा र बारबुडाको झन्डा बोकेको ‘केप डाओ’ नामक जहाज पनि स्ट्रेट अफ हर्मुज नजिक डुबेको छ । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ) को तथ्यांकअनुसार उक्त जहाजमा सेप्टेम्बर २३ मा क्षेप्यास्त्र प्रहार भएको थियो । आक्रमणमा चालकदलका एक सदस्यको मृत्यु भएको थियो भने अन्य सदस्यलाई उद्धार गरिएको थियो ।
आईएमओको तथ्यांकअनुसार अमेरिका–इरान युद्ध सुरु भएयता डुबेका जहाजको संख्या तीन पुगेको छ । यसअघि मार्चमा ‘सेफिन प्रेस्टीज’ नामक कन्टेनर जहाजमा आक्रमण भएको थियो र पछि त्यो डुबेको थियो ।
युद्ध सुरु हुनुअघि विश्वव्यापी तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) व्यापारको करिब पाँच भागको एक भाग स्ट्रेट अफ होर्मुज हुँदै ओसारपसार हुन्थ्यो । त्यसैले यस क्षेत्रमा बढेको असुरक्षाले विश्व ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ ।
इरानले आफ्ना बन्दरगाहमाथि अमेरिकाले लगाएको नाकाबन्दी र कडा प्रतिबन्धको जवाफमा आक्रमण तीव्र पारेको बताएको छ । दुई वरिष्ठ इरानी अधिकारीका अनुसार तेहरानले जहाजमाथि आक्रमण गर्ने नयाँ रणनीति अपनाइरहेको छ ।
समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिस्क्सका अनुसार खतरा तेल ट्याङ्करमा मात्र सीमित छैन । कन्टेनर र थोक सामान बोक्ने जहाजसमेत गम्भीर आक्रमणको जोखिममा छन् । यसले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा थप अनिश्चितता बढाएको छ ।

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार
अरुपनि पढ्नुहोस
सबै
बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
















