Opens in a new tab

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रासस

1.1KShares

सारांश

  • हेटौँडा–८ गुम्बाचोक नजिकै भएको ट्रक दुर्घटनामा ५५ वर्षीय मोटरसाइकल चालक श्यामकुमार तामाङको मृत्यु भएको छ।
  • पूर्वपश्चिम राजमार्गमा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशामा रहेको ट्रकले ठक्कर दिएको थियो।
  • घटनामा संलग्न ट्रक, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
dida bag ad

हेटौँडा  । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार आज बिहान पूर्वपश्चिम राजमार्गमा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना४२प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकलसहित ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ ।