Opens in a new tab

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

रासस

1.4KShares

सारांश

  • उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा करिब २०–२५ वर्षको वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको छ।
  • ‘सानो दारे’ नामले चिनिने यो हात्ती पछिल्लो एक वर्षभन्दा बढी समयदेखि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको थियो।
  • हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ भने वास्तविक कारण पोस्टमार्टमपछि खुलेको छ।
dida bag ad

उदयपुर,असोज २८। बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जङ्गली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।

हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कोशी टप्पुवन्य जन्तु आरक्षबाट परीक्षण पोस्टमार्टम पछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उहाँले बताउनुभयो ।

अरुपनि पढ्नुहोस

सबै