रुसलाई नेटोको सैन्य चेतावनी

एजेन्सी

सारांश
- नेटोका सर्वोच्च कमान्डरले रुसको बढ्दो सुरक्षा चुनौती सामना गर्न गठबन्धन पूर्ण रूपमा सक्षम रहेको सन्देश दिने तयारी गरेका छन्।
- युरोपमा रुसको सम्भावित आक्रमण र तोडफोडका गतिविधि बढेसँगै नेटोले आफ्नो प्रतिरोधात्मक क्षमता प्रदर्शन गर्न लागेको छ।
- अमेरिकी सेनाको समीक्षाका कारण युरोपेली देशहरूले आफ्नै सैन्य क्षमतालाई सुदृढ पार्ने प्रयास तीव्र पारेका छन्।
काठमाडौँ । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का शीर्ष सैन्य कमान्डरले रुसलाई सम्भावित आक्रमणको सामना गर्न गठबन्धन सक्षम रहेको सन्देश दिने तयारी गरेका छन् ।
नेटोका सर्वोच्च सहयोगी कमान्डर युरोप अमेरिकी जनरल एलेक्सस ग्रिन्केविचले पोल्यान्डको वार्सामा सुरक्षा सम्मेलनमा गठबन्धनको ‘विजयको सिद्धान्त’ प्रस्तुत गर्ने अधिकारीहरूले बताएका छन् । यसले आक्रमणको प्रतिरोध र आवश्यक परे त्यसलाई परास्त गर्ने नेटोको क्षमता स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
जर्मनीको विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि युरोपमा रुसको गतिविधिबारे चिन्ता बढेको छ । पश्चिमी अधिकारीहरूले युक्रेनका समर्थक देशविरुद्ध मस्कोले तोडफोड र हस्तक्षेपजस्ता गतिविधि बढाएको आरोप लगाएका छन् ।
रुसको सम्भावित आक्रमण रोक्न नेटोले आफ्नो रक्षा योजना गोप्य राख्दै आएको छ । नयाँ सम्बोधनबाट रणनीतिका विस्तृत विवरण सार्वजनिक हुने सम्भावना कम भए पनि यसले रुसलाई चेतावनी दिनुका साथै पूर्वी सदस्य राष्ट्रलाई आश्वस्त पार्ने अपेक्षा गरिएको छ ।
यसैबिच, अमेरिकी रक्षा मन्त्रालयले युरोपमा तैनाथ आफ्ना सेनाको सङ्ख्या र भूमिकाबारे समीक्षा गरिरहेको छ । अमेरिकी सेना कटौती हुन सक्ने चिन्ताबिच युरोपेली देशहरूले आफ्ना सैन्य क्षमता सुदृढ बनाउन प्रयास तीव्र पारेका छन् । समीक्षाको नतिजा वर्षको अन्त्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
अरुपनि पढ्नुहोस
सबै
रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर
















