अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागु

रासस

सारांश
- अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिलाई निगरानी र नियमन गर्न ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ देशव्यापी रूपमा विस्तार गरेको छ।
- विदेशी पर्यटकको आगमन र प्रस्थान मात्र नभई उनीहरू नेपालमा बस्दा कहाँ गए र के गरे भन्ने सम्पूर्ण विवरण राख्न यो प्रणाली लागू गरिएको हो।
- कानुन विपरीत गतिविधिमा संलग्न र भिसाको नियम उल्लङ्घन गर्ने सयौँ विदेशी नागरिकलाई पछिल्लो समय देश निष्कासन तथा फिर्ता पठाइएको विभागले जनाएको छ।
भक्तपुर । अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागु गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ ।
विभागले आज नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण’मा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरू कहाँ गए, कहाँ बसेलगायतका विवरण लिनेगरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रुपमा लागु गरिएको बताए ।
विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि विमानस्थलमा आएको र विमानस्थलबाट फर्केको मात्र रेकर्ड राख्ने गर्दा नफर्किएका विदेशी कहाँ गए, के गरिरहेका छन् भन्ने जानकारी नहुँदा कैयौँ विदेशी नागरिक अपराधमा संलग्न रहेको पाइएको उनले बताए ।
उनका अनुसार सन् २०२५ मा कानुन उलंघन गर्ने ४५९ विदेशी नागरिकलाई देश निष्कासन गरिएकामा २०२६ जनवरी १ देखि अक्टोबर १० सम्म ५४० जना विदेशीलाई देश निष्कासन गरिएको छ ।
अध्यागनमको कानुन उल्लंघन गरेको, प्रवेशाज्ञाको उद्देश्यविपरीत बसेको, देशको कानुनमा दोषी ठहर भएको र विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेका ६४ जनालाई सन् २०२५ मा फिर्ता पठाइएको उनले बताए ।
यस्तै, ६१ जनालाई २०२६ अक्टोबर १० सम्म कानुन उलंघन गरेको पाइएपछि फिर्ता पठाइएको छ । विभिन्न प्रवेशाज्ञामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुनविपरीत अरु नै गतिविधिमा संलग्न हुन नदिन निगरानी, नियमन, व्यवस्थापन, सुरक्षा तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागु गरिएको उनले बताए ।
सन् २०२५ जनवरी १ देखि काठमाडौं उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनी एक्स्चेन्जलगायतमा यो प्रणाली लागु गरिएको भए पनि अहिले भने देशभर लागु गरिएको विभागका निर्देशक लम्सालले बताए ।

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
अरुपनि पढ्नुहोस
सबै
रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर
















