जिबुटी तटमा डुङ्गा डुब्दा १५ बालबालिकासहित १३९ आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

एजेन्सी

सारांश
- जिबुटीको तट नजिकै आप्रवासी बोकेको डुङ्गा डुब्दा १५ बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ।
- संयुक्त राष्ट्रसङ्घको आप्रवासी निकायका अनुसार दुर्घटनाग्रस्त डुङ्गाबाट ८२ जनाको जीवितै उद्धार गरिएको छ भने दर्जनौँ बेपत्ता छन्।
- गरिबी र असुरक्षाका कारण खाडी देशहरू जान खोज्ने आप्रवासीहरूले हर्न अफ अफ्रिकाबाट यमनतर्फको जोखिमपूर्ण यात्रा गर्ने गरेका छन्।

जिबुटी । जिबुटीको तट नजिकै आप्रवासी बोकेको डुङ्गा डुब्दा १५ बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसङ्घको आप्रवासी निकायले जनाएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार जिबुटीबाट ३०५ जना यात्रु बोकेर यमनतर्फ जाँदै गरेको उक्त डुङ्गाबिहीबार राति ओबोक बन्दरगाह नजिकै पल्टिएको थियो। दुर्घटनास्थलबाट करिब ८२ जनाको जीवितै उद्धार गरिएको छ।
सुरक्षा र रोजगारीका लागि खाडी देशहरूमा पुग्ने आशामा हरेक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरूले जोखिमपूर्ण यात्रा गर्ने गर्दछन्। आइतबार १०९ जनाको मृत्यु भएको पुष्टि गरेको सङ्गठनले थप ३० वटा शव फेला परेएपछि मृतकको सङ्ख्या अद्यावधिक गरी १३९ पुर्याएको हो।
स्थानीय अधिकारीहरूले मृतकहरूको अन्त्येष्टि व्यवस्थापन गरिरहेका छन् भने सबै जीवित नागरिकहरू इथियोपियाका रहेका छन् र उनीहरूलाई आवश्यक चिकित्सा सेवा उपलब्ध गराइएको छ।
यमनमा एक दशकभन्दा बढी समयदेखि विनाशकारी गृहयुद्ध चलिरहेको छ। यो द्वन्द्व तथा समग्र क्षेत्रमा बढ्दो अस्थिरताका बाबजुद पनि गरिबी, असुरक्षा र जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण आप्रवासीहरू बाब एल-मान्डेब जलडमरूमध्य पार गरेर यमनतर्फ जाने क्रम रोकिएको छैन।

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र
















