Opens in a new tab

बेनी–जोमसोम सडक खुल्यो

रासस

1.3KShares

सारांश

  • बेनी-जोमसोम सडक सञ्चालनमा आएपछि कोरलानाकाबाट चीनका सामान बोकेर छुटेका १७३ वटा कन्टेनर पोखरा र काठमाडौंतर्फ प्रस्थान गरेका छन्।
  • सडक अवरुद्ध हुँदा दुई सातादेखि मुस्ताङमै रोकिएका कन्टेनर र अन्य ३९१ वटा सवारी साधनहरू सडक मर्मतपछि दुई दिनभित्र बाहिरिएका छन्।
  • सडक खुलेसँगै मुस्ताङमा उत्पादित स्याउलगायतका कृषि उपजहरू पनि सहज रूपमा बाहिरी बजारमा पठाउन थालिएको छ।

मुस्ताङ । बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी—जोमसोम अवरुद्ध सडक खुलेसंगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् ।

उनका अनुसार सडक अवरुद्धका कारण दुई सातादेखि मुस्ताङमा फसेका कन्टेनरहरु मध्ये असोज २४ र २५ गते गरी दुईदिनमा प्रहरी निरीक्षक बस्यालका अनुसार असोज २३ गते साँझ बेनी—जोमसोम सडक मर्मतपछि सूचारु भएसंगै पहिलो दिन ८५ वटा मालवस्तु कन्टेनर मुस्ताङबाट बाहिरिएको हो ।

असोज २४ गते सडक खुलेको दोस्रो दिन मुस्ताङबाट ८८ वटा मालवस्तु कन्टेनर बेनीतर्फ बाहिरिएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । म्याग्दी र मुस्ताङको सिमाना थासाङ—४ घाँसा स्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारी साधन मुस्ताङबाट बाहिरिएका छन् ।

आज मुस्ताङबाट ५० भन्दा बढी सवारी साधन बाहिरिएका छन् । यसैबिच, मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए ।