Opens in a new tab

बूढीगण्डकी बाढी : त्रिशूली र नारायणी किनारमा सतर्कता

रासस

1KShares

सारांश

  • बुढीगण्डकीमा बाढी आएपछि त्रिशूली र नारायणी किनारका बासिन्दालाई सतर्क रहन माइकिङमार्फत आग्रह गरिएको छ।
  • प्रशासनले नदी किनारमा शवदाह गर्नेहरूलाई सुरक्षित स्थानमा जान र ठेला तथा रिक्सामा व्यापार नगर्न चेतावनी दिएको छ।
  • मुग्लिनसम्म बाढीको उच्च जोखिम रहेकोले माछा मार्ने र पौडी खेल्ने कामसमेत बन्द गर्न अनुरोध गरिएको छ।
dida bag ad

चितवन । बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो ।

देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ । मुग्लिनसम्म बाढीको उच्च जोखिम रहेको जनाइएको छ ।