परराष्ट्रमन्त्री स्वदेश फिर्ता

नवलपुर टुडे

सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुको भ्रमण तथा अस्ट्रेलियाको औपचारिक यात्रा सम्पन्न गरी स्वदेश फर्कनुभएको छ।
- अस्ट्रेलियाले नेपालमा बाढीपछिको पुनर्निर्माणका लागि एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको छ।
- भ्रमणका क्रममा मन्त्री खनालले जलवायु परिवर्तनका असरविरुद्ध हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ।
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार (असोज २४) संवाददातासँग उनले बाढीपछिको पुनर्निर्माणका निम्ति अस्ट्रेलियाले एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिए । योसँगै बाढी विपद् प्रतिकार्यका निम्ति अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता दुई करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको उनले बताए ।
उनले ‘प्रि–कोप लिडर्स प्लेनरी’मा आफूले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या जलवायु संकटका परस्पर जोडिएका पक्ष भएकाले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्यमा जोड दिएको उल्लेख गरे ।
कोप–३१ का निम्ति नेपालको प्राथमिकता प्रस्तुत गर्दै उनले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीमा जोड दिएका थिए । आउँदो नोभेम्बरमा टर्कीएको अन्टाल्यामा कोप–३१ आयोजना हुँदै छ ।
अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको द्विपक्षीय वार्तामा जलवायु सहकार्य, पूर्वसूचना प्रणालीको आधुनिकीकरण, जलवायु अनुकूलित पूर्वाधार र प्राविधिक साझेदारी विस्तारबारे छलफल भएको थियो ।
यस्तै, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँगको भेटमा बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणमा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।

उदयपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

आज विदेशी मुद्रा विनिमय दर स्थिर

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
अरुपनि पढ्नुहोस
सबै
फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधानमा मन्त्री महावीर पुनको चासो

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँमा तरकारी तथा धान जोन विस्तार हुँदै, झन्डै चार हजार किसान लाभान्वित
















