चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

रासस

सारांश
- सिएमसी क्यान्सर इन्स्टिच्युटले भरतपुर महानगरपालिकाका दुई सयभन्दा बढी स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम प्रदान गरेको छ।
- अस्पतालले अक्टोबर महिनाभरि स्तन क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ भने समयमै उपचार गरेमा यो रोग निको हुने विशेषज्ञहरूले बताएका छन्।
- कार्यक्रममा संघीय र प्रदेश सरकारबाट क्यान्सर उपचारका लागि उपलब्ध हुने सम्पूर्ण विपन्न सहायता यसै अस्पतालमार्फत प्रदान गरिने जानकारी दिइएको छ।

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नं. १ देखि २९ सम्मका दुई सय बढी स्वयंसेविकालाई शुुक्रबार सचेतना प्रदान गरिएको हो ।
सो अवसरमा अस्पतालका स्तन क्यान्सर सर्जन डा. संगीता थापाले स्वयंसेविका मार्फत वडा वडामा सचेतना फैल्याउने अभियान सुरु गरिएको बताइन् । उनले भनिन् “यहाँ सिकेका ज्ञान तपाईँहरूले घरघरसम्म पुर्याएर सचेतना फैल्याउनु हुनेछ ।”
स्तन क्यान्सर भयो भन्दैमा डराउनु नपर्ने जनाउँदै उनले समयमा पहिचान गरी उपचार गरेमा निको हुने बताए । समय समयमा स्तन क्यान्सर छ छैन भनी परीक्षण गरेर ढुक्क भएर बस्न उनको सुझाव छ । स्तनमा भएका कोशिकाहरूको असामान्य वृद्धिलाई स्तन क्यान्सर भनिने जनाउँदै उनले आफैले छामेर पनि गाँठागुँठी पत्ता लगाउन सकिने उनले बताइन् । उनले भनिन् “स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर क्यान्सर हो होइन परीक्षण गरेर निक्र्यौल गर्नुपर्छ ।”
कार्यक्रममा भरतपुर महानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टले स्वयंसेविका मार्फत सन्देश घरघरमा पुग्ने हुँदा यो कार्यक्रम निकै प्रभावकारी हुने बताए । संघीय सरकारले रु।एक लाख र बागमती प्रदेश सरकारले रु. ५० हजार क्यान्सर उपचारका लागि दिने जनाउँदै स्तन र पाठेघरको क्यान्सरका लागि त्यसमा पनि थप रु। ५० हजार प्रदेशले सहयोग गर्ने जानकारी दिए ।
अस्पताल निर्देशक प्रा.डा.गोपेन्द्र द्वाले क्यान्सरको सहज उपचारका लागि चितवन मेडिकल कलेजले छुट्टै क्यान्सर इन्स्टिच्युट सञ्चालन गरेको जानकारी दिए । उनले क्यान्सर उपचारका लागि आउने बिरामी अन्यत्र भौतारिनु नपर्ने जनाउँदै सम्पूर्ण सुविधा एउटै भवनबाट दिइएको उनको भनाइ छ ।
शैक्षिक निर्देशक प्रा।डा।दयाराम लम्साल, प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, मेडिकल अंकोलोजिष्ट डा. सुदिप थापा, रेडिएसन अंकोलोजिष्ट डा.सुवास ठाकुर लगायतले अस्पताले संघीय सरकार र प्रदेश सरकारले दिने विपन्न सबै सुविधा यस अस्पतालबाट प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा भरतपुर महानगरका सबै वडाका स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । अक्टोबर महिनालाई विश्वभरी स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ । यसै अवसरमा अस्पतालले एक महिना भरी स्तन क्यान्सर निःशुल्क परीक्षण समेत सुरुआत गरेको छ ।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















