त्रिवि उपकुलपतिमाथि दुर्व्यवहारको आरोपमा विद्यार्थी नेताहरू पक्राउ

नवलपुर टुडे

सारांश
- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केही विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा त्रिवि स्ववियु सचिव हिक्मत कुमार बुढा र आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्कालगायत रहेका छन्।
- विश्वविद्यालय प्रशासनले स्ववियु हटाउन लागेको आरोप लगाउँदै विरोध प्रदर्शन गर्ने क्रममा उपकुलपतिमाथि दुर्व्यवहार भएपछि उनीहरूलाई कार्यालयबाटै पक्राउ गरिएको हो।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विभिन्न विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव हिक्मत कुमार बुढा र आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्कालगायत अन्य विद्यार्थी नेताहरू रहेका छन्।
पक्राउ परेका उनीहरूलाई हाल प्रहरी परिसर भद्रकालीमा राखिएको छ। त्रिविको सिनेट बैठकपछि विद्यार्थी नेताहरूले विश्वविद्यालय प्रशासनले स्ववियु नै हटाउने तयारी गरेको आरोप लगाउँदै उपकुलपति थापाविरुद्ध तीव्र विरोध जनाएका थिए। सोही क्रममा उपकुलपतिमाथि दुर्व्यवहार भएको घटनालाई लिएर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु उपाध्यक्ष सनम वलीका अनुसार विद्यार्थी नेताहरूलाई त्रिवि उपकुलपतिको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















