भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

रासस

सारांश
- गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ।
- बाढी गएको ४५ दिन पुगेको सन्दर्भमा मृतकहरूको आत्माले शान्ति पाओस् भन्ने उद्देश्यले ४० जना गुरु पुरोहितमार्फत उक्त धार्मिक अनुष्ठान सम्पन्न गराइएको त्रिवेणीधाम संरक्षण समितिले जनाएको छ।
- सो अवसरमा अकल्पनीय रूपमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना गर्दै उनीहरूको आत्माको चिरशान्तिका लागि उपस्थित सबैले मौनधारण समेत गरेका थिए।
हेटाैँडा । गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ ।
भोटेकोशी बाढीको ४५ दिन पुगेको सन्दर्भमा ज्यान गुमाएकाको आत्माले शान्ति पाओस् भन्ने कामनासहित ४० जना गुरु पुरोहितद्वारा पाठपारायण गराइएको त्रिवेणीधाम संरक्षण समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए ।
त्यस अवसरमा अकल्पनीय रुपमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा उहाँहरुको आत्मा शान्तिको कामनासहित मौन धारणा पनि गरियो । रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी कुष्माण्डमा सत्य युगमा कुष्माण्डा भगवतीले तपस्या गरी विष्णु भगवान्बाट सिद्धी प्राप्त गरेको धार्मिक विश्वासका कारण त्यहाँको बेग्लै महिमा छ ।

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
अरुपनि पढ्नुहोस
सबै
रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर
















