Opens in a new tab

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

राम नारायण

6.6KShares

सारांश

  • नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारको कार्यकालमा नेपाली पत्रकारिताको इतिहासमै सबैभन्दा बढी तानाशाही प्रवृत्ति देखिएको बताएकी छिन्।
  • उनले सरकारबाट पत्रकारिता क्षेत्रका समस्या समाधानका लागि ठोस पहल नभए छठ पर्वपछि सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएकी छिन्।
  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको पेशागत सुरक्षामाथि हुने कुनै पनि प्रकारको दबाब वा हस्तक्षेप ανस्वीकार्य हुने उनले स्पष्ट पारेकी छिन्।

जनकपुरधाम । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारको कामकारबाहीले नेपाली पत्रकारिताको इतिहासमै सबैभन्दा बढी तानाशाही प्रवृत्ति देखिएको बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको १४ औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

अध्यक्ष शर्माले पत्रकार तथा सञ्चारमाध्यमले स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्ने बताईन् । उनले पत्रकारिता क्षेत्रका विद्यमान समस्या समाधान गर्न महासंघ निरन्तर पहल गरिरहेको उल्लेख गर्दै सरकारबाट समस्या समाधानका लागि ठोस पहल नभए छठ पर्वपछि पत्रकार र पत्रकारितासँग सम्बन्धित समग्र समस्याको समाधानका लागि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष समेत गरे । उनले पत्रकारहरूको पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको संस्थागत विकासका विषयमा महासंघले निरन्तर आवाज उठाउँदै आएको बताए । पत्रकारिता माथि कुनै पनि प्रकारको दबाब वा हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्व तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।