३१ हिमाल आरोहणका निम्ति ७० देशका ७८८ जनालाई अनुमति

रासस

सारांश
- पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा ३१ वटा हिमाल आरोहण गर्न ७० देशका ९१ टोलीका कुल ७८८ जनाले अनुमति लिएका छन्।
- आरोहण अनुमतिबाट सरकारले २४ करोड ७२ लाख सात हजार बढी रोयल्टी संकलन गरेको छ, जसमा सबैभन्दा बढी मनास्लु हिमालबाट मात्रै ५०० जनाले अनुमति लिएका छन्।
- अनुमति लिनेहरूमा सबैभन्दा धेरै चीनका ११८ जना रहेका छन् भने रुस, फ्रान्स र अमेरिकालगायतका देशका नागरिकहरू पनि समावेश छन्।
काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका निम्ति ७८८ जनाले अनुमति लिएका छन् । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ९१ टोलीका ७८८ आरोहीले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
३१ हिमाल आरोहणका निम्ति ५८२ पुरुष र २०६ महिलाले अनुमति लिएका विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिए । आरोहण अनुमति प्रदान गरेबापत विभागले उनीहरूबाट २४ करोड ७२ लाख सात हजार ६०१ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
मनास्लु हिमाल आरोहणका निम्ति मात्र ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार रुपैयाँ १८९ रोयल्टी संकलन गरेको छ ।
धौलागिरि–१ आरोहणका निम्ति पाँच टोलीका ३६ जनाले अनुमति लिएका छन् । उनीहरूबाट विभागले ८२ लाख ४२ हजार ५० रोयल्टी संकलन गरेको छ ।
यस्तै, हिम्लुङ हिमालका निम्ति तीन टोलीका ३४ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट २० लाख ८७ हजार ८०० रुपैयाँ रोयल्टी संकलन गरिएको विभागले जनाएको छ ।
आमादब्लम हिमाल आरोहणका निम्ति दुई टोलीका १९ जनाले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २९ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमाल आरोहणका निम्ति अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।
यी सबै हिमाल आरोहण गर्न ७० देशका ७८८ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना छन् । रुसका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्यान्डका २५, नेपालका २३, स्वीट्जरल्यान्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३, जापानका २५ जनाले आरोहण अनुमति लिएका छन् ।

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो
अरुपनि पढ्नुहोस
सबै
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
















