तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

नवलपुर टुडे

सारांश
- तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ।
- बाँध निर्माणसहितको प्याकेज १ मा ६३ प्रतिशत र मुख्य सुरुङ तथा विद्युत्गृह निर्माणसहितको प्याकेज २ मा ७९ प्रतिशत प्रगति हासिल भएको छ।
- दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणसहितको प्याकेज ३ को काम ८२ प्रतिशत सम्पन्न भइसकेको छ।
दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ ।
आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ६३ प्रतिशत भौतिक प्रगति भएको भण्डारीले बताए । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण सम्पन्न भएको छ ।
आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखी कङ्क्रििटङ कार्यको सुरुआत गरिएको थिया । गत भदौ महिनामा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको छ । हालसम्म पाँच लाख सात हजार ४४२ घनमिटर कङ्क्रिट सम्पन्न गरिएको छ ।
प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताए। विद्युतगृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायतका संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ ।
भण्डारीका अनुसार जलाशयको पानीलाई विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य भइरहेको छ । कुल एक हजार ४१८.७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म एक हजार ४०७.७५ मिटर सम्पन्न भएका छ ।
प्याकेज ३ प्रसारण लाइनअन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी क्षमताको प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ८३ वटाको जग निर्माण सम्पन्न भएको छ भने ८० वटा टावर खडा गरिसकिएको छ । सो प्रसारण लाइन ३३ किलोमिटर लामो छ ।
चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणको कामले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताए। यस प्याकेजको भौतिक प्रगति ८२ प्रतिशत छ ।

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
अरुपनि पढ्नुहोस
सबै
रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर
















