गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

रासस

सारांश
- गुल्मीको धुर्कोट गाउँपालिका-५ मा करेन्ट लागेर ऋषिराम भण्डारीको मृत्यु भएको छ।
- खेतमा पानी लगाउन गएका उनी घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएका हुन्।
- सिमलचौर नजिकै खेतमा लत्रिएको बिजुलीको तारबाट उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
गुल्मी । स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय सिमलचौरस्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार भण्डारी मङ्गलबार दिउँसो स्थानीय सिमलचौर र चापटारीस्थित खेतमा पानी लगाउन भनी घरबाट निस्किएको र साँझसम्म घर नफर्किएपछि आफन्त र छरछिमेकीले उनको खोजी गरेका थिए ।
खोजीकै क्रममा आज बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परी मृत्यु भएको अवस्थामा उनलाई फेला परिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो
अरुपनि पढ्नुहोस
सबै
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
















