हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

रासस

सारांश
- वर्षौंदेखिको गिरोह हिंसा र सुरक्षा सङ्कटका कारण हाइटीमा यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विधायी चुनाव अनिश्चितकालका लागि स्थगित गरिएको छ।
- सन् २०१६ यता हाइटीमा राष्ट्रिय चुनाव हुन सकेको छैन भने हिंसाका कारण करिब १५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्।
- निर्वाचनका लागि अनुकूल सुरक्षा वातावरण सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घको समर्थनमा सुरक्षा बल तैनाथ गरिए पनि चुनावको नयाँ मिति भने अझै तोकिएको छैन।
काठमाडाैँ । वर्षौंदेखि गिरोह हिंसा, राजनीतिक अस्थिरता र सुरक्षा सङ्कटबाट गुज्रिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विधायी चुनाव अनिश्चितकालका लागि स्थगित गरेको छ ।
अस्थायी निर्वाचन परिषद्ले मङ्गलबार चुनावी अभियानका लागि तोकिएको अवधि स्थगित गरिएको र नयाँ मिति ‘सकेसम्म चाँडो’ सार्वजनिक गरिने जनाएको छ । राष्ट्रपति तथा विधायी चुनावको पहिलो चरण डिसेम्बर १३ र दोस्रो चरण सन् २०२७ को फेब्रुअरी २१ मा गर्ने तय गरिएको थियो ।
परिषद्का एक सदस्यले डिसेम्बर १३ को मिति कायम नरहेको पुष्टि गर्दै नयाँ समयतालिकामा काम भइरहेको बताए । उनका अनुसार मतदाता दर्ता भने जारी छ । जुलाई २० देखि मङ्गलबारसम्म करिब सात लाख ६९ हजार मतदाता दर्ता भएका छन् ।
हाइटीमा सन् २०१६ यता राष्ट्रिय चुनाव हुन सकेको छैन । सन् २०२१ मा हत्या गरिएका तत्कालीन राष्ट्रपति जोभेनेल मोइजको स्थानमा समेत निर्वाचित राष्ट्रप्रमुख चयन हुन सकेको छैन । त्यसैले चुनावलाई राजनीतिक नेतृत्व पुनःस्थापना र देशमा स्थिरता कायम गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
सुरक्षा सङ्कटका कारण देशभर निर्वाचन सञ्चालन गर्न कठिनाइ भएको छ । गिरोहको नियन्त्रणमा रहेका धेरै नगरपालिकामा मतदाता दर्ता केन्द्र स्थापना हुन सकेका छैनन् भने धम्कीका कारण सडक बन्द हुँदा निर्वाचन सामग्री ढुवानीमा समेत समस्या भएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार करिब एक करोड १० लाख जनसङ्ख्या रहेको हाइटीमा हिंसाका कारण करिब १५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कका अनुसार यस वर्ष कम्तीमा पाँच हजार सात सय मानिस मारिएका वा घाइते भएका छन् भने एक हजारभन्दा बढी महिला तथा बालिका बलात्कृत भएका छन् ।
स्थानीय प्रहरीमाथिको दबाब कम गर्न संयुक्त राष्ट्रसङ्घको समर्थनमा ग्याङ सप्रेसन फोर्स (जिएसएफ) तैनाथ भइरहेको छ । पाँच हजार पाँच सय कर्मचारी परिचालन गर्ने लक्ष्य रहे पनि हालसम्म करिब एक हजार पाँच सय मात्र पुगेका छन् ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गत महिनाको अन्त्यमा जिएसएफको कार्यादेश थप छ महिनाका लागि विस्तार गर्दै स्वतन्त्र तथा निष्पक्ष चुनावका लागि अनुकूल सुरक्षा वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो
अरुपनि पढ्नुहोस
सबै
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
















