हुम्लामा गएरातिदेखि हिमपात, जनजीवन प्रभावित

नवलपुर टुडे

सारांश
- हुम्लामा गएरातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवन अत्यधिक चिसोले प्रभावित भएको छ।
- लगातारको वर्षाले कच्ची सडक अवरुद्ध हुनुका साथै पाक्न लागेको अन्नबालीमा क्षति पुग्ने जोखिम बढेको छ।
- मौसम प्रतिकूल भएपछि प्रहरीले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
हुम्ला । हुम्लामा गएरातिदेखि वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।
नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ । यता, अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ ।
लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायात समेत प्रभावित भएको सर्केगाड–१, जैरको खच्चाबाट दीपक कार्कीले बताए ।
वर्षाले पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली, तरकारी लगायतका बालीमा पनि क्षति पुग्ने जोखिम बढेको छ । केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
वर्षा र हिमपातका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको जनाइएको छ ।
अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताए । वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र अहिले पनि निरन्तर वर्षा भइरहेको उनले बताए ।

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो
अरुपनि पढ्नुहोस
सबै
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
















