Opens in a new tab

देशभर १७ विपद्का घटना, तीनको मृत्यु

नवलपुर टुडे

4.9KShares

सारांश

  • पछिल्लो २४ घण्टामा देशभर भएका १७ वटा विपद्का घटनामा परी ३ जनाको मृत्यु र १४ जना घाइते भएका छन्।
  • विभिन्न स्थानमा भएका सर्पदंश, पहिरो, आगलागी, हावाहुरी, चट्याङ र जनावरको आक्रमणबाट ५० लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
  • मौसम परिवर्तनसँगै विपद्का घटना बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेल्धुरामा सर्पदंशका घटना भएका छन्।

ओखलढुङ्गा, सल्यान, बागलुङ र प्यूठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागी भएको छ। बर्दियामा हावाहुरी तथा कैलाली र कास्कीमा चट्याङ परेको छ। झापामा जनावरको आक्रमण भएको प्राधिकरणले जनाएको छ।

विपद्मा परी घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। विपद्का कारण रु ५० लाख ४५ हजार बराबरको आर्थिक क्षति भएको छ।

मौसममा देखिएको परिवर्तनसँगै विभिन्न स्थानमा विपद्का घटना दोहोरिन सक्ने भएकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ।