Opens in a new tab

आज यी प्रदेशका केहि स्थानमा वर्षाको सम्भावना

नवलपुर टुडे

10.7KShares

सारांश

  • देशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
  • दिउँसो र राति देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षासँगै हिमपातको समेत पूर्वानुमान गरिएको छ।
  • हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम विज्ञान विभागले जनाएको छ।
dida bag ad

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।  विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा बादल लाग्नेछ । बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा मधेसलगायत कोसी, वाग्मती, गण्डकी प्रदेशको तराई भूभागको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।

विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ । कोसी, मधेस, वाग्मती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव छ ।