आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

नवलपुर टुडे

सारांश
काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल रही बिहानीपख हुस्सु लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कांग्रेस १५औँ महाधिवेशन : आज साँझ ५ बजेदेखि निर्वाचन कार्यक्रम सुरु

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै

हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा

बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु

रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
अरुपनि पढ्नुहोस
सबै
तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा, अन्य मुद्राको कति?

झापा–इलाममा अवैध ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रजिअको नेतृत्वमा स्थलगत अनुगमन

सर्लाहीमा जङ्गली हात्ती मृत फेला
















