Opens in a new tab

समाचार

संघीय संसद्का‍ दुई समितिको बैठक बस्दै

नवलपुर टुडे
२०८३ अशोज १३ | बिहान ०९:०६ बजे

काठमाडौं । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ। आज प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

आज बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा लगानी बोर्डको कार्यालयबाट सम्पादित हालसम्मका कामकारबाही एवं नेपालमा लगानी परिचालनको अवस्था, समस्या एवं चुनौतीका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ। छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसँग छलफल हुने समितिले जनाएको छ।

त्यस्तै, दिनको १२: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको सातौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

कमेन्टहरु