Opens in a new tab

मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

खस–आर्यतर्फबाट जसबहादुर शाहीको उम्मेदवारी: सामाजिक सेवा र सशक्त नेतृत्वको नयाँ सङ्कल्प

उमेश रोकाया
२०८३ अशोज १२ | मध्यान्ह ०२:०६ बजे

बाजुरा, असोज १२ । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र निष्ठावान्, बौद्धिक र जनप्रिय युवा नेतृत्वको चर्चा चुलिएको छ। यसै क्रममा खस–आर्य कोटातर्फबाट महाधिवेशन प्रतिनिधि पदका लागि समाजसेवी तथा प्रखर युवा नेता जसबहादुर शाहीले आफ्नो बलियो उम्मेदवारी दर्ता गराउनुभएको छ।

​विद्यार्थी राजनीतिदेखि पार्टीको सांस्कृतिक मोर्चासम्म निरन्तर सक्रिय रहनुभएका शाही नेपाली काङ्ग्रेसका एक निष्ठावान् र कर्मठ व्यक्तित्व हुनुहुन्छ। ​निवर्तमान केन्द्रीय सदस्य नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) पूर्व उपाध्यक्ष नेपाल सांस्कृतिक सङ्घ बाजुरा, पूर्व सचिव नेविसंघ बाजुरा–काठमाडौँ सम्पर्क समिति, राजनीतिशास्त्रमा स्नातकोत्तर (MA) सम्मको उच्च शिक्षा हासिल गर्नुभएका शाही राजनीतिक सिद्धान्त, सङ्गठन निर्माण र सामाजिक दूरदर्शिताका धनी हुनुहुन्छ।

​राजनीतिसँगै एक दशकको निःस्वार्थ जनसेवा
जसबहादुर शाही केवल राजनीतिक दस्तावेज र भाषणमा मात्र सीमित हुनुहुन्न। उहाँ विगत एक दशक (१० वर्ष) देखि देशभरका असाहय, गरिब तथा जटिल रोगबाट पीडित बिरामीहरूको उपचार र उद्धारमा अहोरात्र खटिँदै आउनुभएको छ। हस्पिटलका कोठादेखि गाउँ–घरका बस्तीसम्म पुगेर बिरामीको ज्यान बचाउन उहाँले खेल्नुभएको ‘मनकारी समाजसेवी’को भूमिकाले उहाँलाई आम कार्यकर्ता र सर्वसाधारणको प्रिय बनाएको छ।

​पार्टी रूपान्तरण र सुदृढीकरणका लागि उम्मेदवारी
वैचारिक स्पष्टता, शैक्षिक योग्यता, लामो साङ्गठनिक अनुभव र अतुलनीय सामाजिक सेवाको संयोजन हुनुभएका जसबहादुर शाहीको उपस्थिति १५ औं महाधिवेशनमा विशेष अर्थपूर्ण मानिएको छ। खस–आर्य समुदायको सही प्रतिनिधित्व गर्दै पार्टीलाई थप समावेशी, जनमुखी र सशक्त बनाउन उहाँको उम्मेदवारीले काङ्ग्रेसभित्र नयाँ उत्साह थपेको छ।

 

कमेन्टहरु