सुनको मूल्य एकैदिन तोलामा पाँच हजारले घट्यो

नवलपुर टुडे
२०८३ अशोज १२ | मध्यान्ह १२:०६ बजे

काठमाडौं । स्थानीय बजारमा आज (असोज १२) सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ३०० रुपैयाँ कायम छ । त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आइतबार (असोज ११) छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । त्यति नै परिमाणको चाँदी प्रतितोला चार हजार ६५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।






















