लागुऔषधसहित पाँच जना पक्राउ

नवलपुर टुडे
२०८३ अशोज १० | मध्यान्ह ०१:०६ बजे

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण व्यूरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोलसहित उनीहरूलाई शुक्रबार र आज पक्राउ गरेको हो ।
अभियुक्तहरूबाट बाट नगद रु पाँच लाख ६० हजार ४००, मोटरसाइकल एक थान र छ थान मोबाइल पनि बरामद भएको छ ।






















