Opens in a new tab

समाचार

हुम्लाको न्यालुलगायत उच्च क्षेत्रमा हल्का हिमपात

नवलपुर टुडे
२०८३ अशोज ९ | बिहान ०९:०६ बजे

हुम्ला, असोज ९ । नाम्खा गाउँपालिका–६ को न्यालुलगायत उच्च क्षेत्रमा हल्का हिमपात सुरु भएको छ। शुक्रबार मध्यरातदेखि सुरु भएको वर्षाका कारण बिहानैदेखि उच्च क्षेत्रमा हिमपात भएको हो। नाम्खा गाउँपालिका–६ अन्तर्गत लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार न्यालुलगायत पाँच हजार मिटर उचाइका क्षेत्रमा हल्का हिमपात भएको छ।

पाँच हजार मिटर अग्लो न्यालु लेकभन्दा माथिका क्षेत्रमा हिमपात भइरहेको उहाँले बताउनुभयो। हिमपातसँगै उच्च क्षेत्रमा चिसो बढेको छ। सदरमुकाम सिमकोटनजिकैका बोक्सी हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङ्ला क्षेत्रमा पनि हिमपात भएको छ। यो वर्षको पहिलो हिमपात भएको हो। गत वर्ष असोज २४ गते पहिलो हिमपात भएको थियो।

कमेन्टहरु