‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ सर्वसम्मतिले पारित

नवलपुर टुडे

सारांश
काठमाडौँ । राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
यसअघि आजै उक्त विधेयक सभामा छलफलका लागि पेस गरिएको थियो । विधेयक छलफलका लागि पेस भई स्वीकृत गरेर पारित गरिएको हो । प्रस्ताव पेस गर्दै मन्त्री चौधरीले रोगको वर्तमान अवस्था, सङ्क्रामक रोग नियन्त्रणका लागि हालको कानुनी व्यवस्था पर्याप्त नभएको, विधेयकको उद्देश्य तथा विधेयकमा समावेश भएका मुख्य मुख्य विषयका सम्वन्धमा जानकारी गराएकी थिइन् ।
विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दङ्गाल, सुरेश आलेमगर, खम्मबहादुर खाती, रामकुमारी झाँक्री, विष्णुबहादुर विश्वकर्मा, सम्झना देवकोटाले भाग लिएका थिए । सभाको अर्को बैठक असोज ८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराए ।

मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

युक्रेन युद्धकै समयमा युरोपमा ग्यास बेच्नबारे रुस–अमेरिकाबिच छलफल

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन

मृतकका परिवारलाई ताराखोला गाउँपालिकाको एक लाख राहत
अरुपनि पढ्नुहोस
सबै
सुदूरपश्चिममा ५५ दिनसम्म पनि बजेट नल्याएकाेमा कांग्रेसको आपत्ति

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि।।।


३१ हिमाल आरोहणका निम्ति ७० देशका ७८८ जनालाई अनुमति















