राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित

नवलपुर टुडे
२०८३ अशोज ५ | मध्यान्ह ०५:०६ बजे

काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रधानमन्त्रीका तर्फबाट विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन् । उक्त विधेयकमा युवा विद्यार्थीहरूलाई तालिम दिई स्वयंसेवामा खट्नका लागि योग्य बनाउने विषय उल्लेख छ ।
राष्ट्रिय सेवा दल विधेयक सर्वसम्मतले पारित भएको हो । पारित भएसँगै अव विधेयक सन्देशसहित राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रियसभामा पेस हुनेछ ।






















