नेपाली कांग्रेसले सक्यो ६ हजार १३२ वडाको अधिवेशन

नवलपुर टुडे

सारांश
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत ६ हजार १३२ वडाको अधिवेशन सम्पन्न गरेको छ। शनिबार र आइतबार गरी ७३ जिल्लाका ६ हजार १३२ वडाको अधिवेशन सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
कटवालका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङबाहेक छुट भएका अन्य वडामा असोज ५ गते सोमबार पनि अधिवेशन निरन्तर जारी रहने बताइएको छ।

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी

बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण रुपमा क्षतिग्रस्त, अर्बौँको पूर्वाधार नष्ट

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
अरुपनि पढ्नुहोस
सबै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

कांग्रेस महाधिवेशन: आज उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

आज विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तो छ राष्ट्र बैंकको विनिमयदर

कांग्रेस सभापति गगन थापाले गराए १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता















