दुर्घटना

फोर्स गाडी दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु, पाँच घाइते

नवलपुर टुडे
२०८३ अशोज ४ | मध्यान्ह ०८:०६ बजे

पाल्पा । पाल्पामा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाल्पाको पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको निधन भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक पूर्वखोला–१ का २९ वर्षीय नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राज मगर, पूर्वखोला–४ घर भई हाल तानसेन–४ भगवती टोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उनकी ७ वर्षीया छोरी साहिरस सारु र अनसरा खाम्चाकी नातिनी पाँच वर्षीया सायरा खाम्चा छन्।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएकोमा उपचारका क्रममा अनसरा खाम्चाको मृत्यु भएको हो। प्रहरीका अनुसार बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी तानसेन–८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो।

गाडी आफै अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो।

कमेन्टहरु