समाज

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

प्रदिप सिंह
२०८३ अशोज २ | मध्यान्ह ०५:०६ बजे

लहान २ असोज । सिरहाको लहान नगरपालिका–३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताललाई धनगढीमाई नगरपालिका ३ स्थित पब्लिक हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजी प्राइभेट लिमिटेडले बिरामी बस्नका लागि ५ वटा बेन्च सहयोग गरेको छ।

इन्स्टिच्युटका संस्थापक अध्यक्ष उपेन्द्रकुमार सिंहले अस्पतालका मेसु डा. वर्षा प्रकाश र अध्यक्ष रामनारायण मेहतालाई बेन्च हस्तान्तरण गरेका हुन्।

इन्स्टिच्युटमा अध्ययनरत एचए विद्यार्थीहरू चार महिनाको ओजेटीका लागि प्रत्येक वर्ष अस्पतालमा आउने गरेका छन्। अस्पतालले विद्यार्थीको व्यावहारिक अभ्यासमा सहयोग गर्दै आएको भन्दै बिरामीहरूलाई बस्न सहज होस् भनेर बेन्च सहयोग गरिएको अध्यक्ष सिंहले बताए।

अस्पतालका अध्यक्ष मेहताले इन्स्टिच्युट र अस्पतालबीच २८ वर्षदेखिको सहकार्य रहेको बताउँदै सम्बन्धलाई नङ र मासुको सम्बन्ध को संज्ञा दिए।

चार महिनाको ओजेटी पूरा गरेका विद्यार्थीहरूलाई अस्पतालले प्रमाणपत्र प्रदान गरी बिदाइसमेत गरेको छ। कार्यक्रममा मेसु डा. वर्षा प्रकाश अध्यक्ष रामनारायण मेहता अध्यक्ष उपेन्द्रकुमार सिंह विद्यार्थीहरूको फिल्ड कोर्डिनेटर सञ्जयकुमार महतो लगायतको उपस्थिति थियो।

कमेन्टहरु