जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

रासस

सारांश
चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँ बायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरुप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको उनले जानकारी दिए ।
उनका अनुसार अहिले सडक सरसफाइका लागि दैनिक १० जना मजदुर काममा खटिएका छन् । उनले भने, “आवश्यकता अनुसार कामदार प्रयोग गरेर सडक सरसफाइ सुरु गरिएको छ ।”
यही असोज १७ गतेदेखि जिप सफारी सञ्चालन गर्नेगरी निकुञ्जभित्रको सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पुल मर्मत गर्नेलगायत काम गर्न लागिएको हो । सौराहाका पर्यटन व्यवसायीको सक्रियतामा सरसफाइ र मर्मतको काम गर्न लागिएको उनले जानकारी दिए ।
गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द भएको थियो । यस निकुञ्जमा पर्यटन व्यवसायीले सौराहा, कसरा, मेघौली, माडी र पूर्वी नवलपरासीका विभिन्न क्षेत्रबाट जिप सफारी गराउँदै आएका छन् । निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडीयाल गोहीलगायत जनावर हेर्नका पर्यटक आउने गर्दछन् ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















