आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे

सारांश
काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा, बागमती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी प्रदेशको तराई भूभागका केही, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटबाट अलपत्र ४२ भारतीय मजदुरको उद्धार

आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज नपाइने

संघीय संसद्का चार समितिको बैठक आज बस्दै

अपडेट : बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु एक गम्भीर घाइते

बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए
अरुपनि पढ्नुहोस
सबै
आठराई गाउँपालिकामा नगर बस सञ्चालन : सङ्क्रान्ति बजारबाट फिदिमसम्म सीधा सेवा सुरु

कांग्रेस १५औँ महाधिवेशन : आज साँझ ५ बजेदेखि निर्वाचन कार्यक्रम सुरु

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै

हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा















