समाचार

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

रासस
२०८३ अशोज १ | मध्यान्ह ०३:०६ बजे

गोरखा । मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

उनी यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका हुन् ।

कमेन्टहरु