गण्डकी प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेस

रासस

सारांश
पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले गत आव २०८२/०८३ मा सम्पादन गरेका काम कारबाही र प्रगति समेटिएको छैठौँ वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुखसमक्ष पेस गरेका हुन् ।
प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्टले प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकामा आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए ।
‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५०’ बमोजिम निर्दिष्ट समयसीमा भित्र नै आयोगले प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन तयार गरी पेस गरेको हो ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















