ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता

रासस

सारांश
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको थियो ।
दुर्घटनापछि सोही ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे मौखिक जानकारी गराएको थिए ।
ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ । ट्याक्टर चालकको ठेगाना नखुलेका समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए ।
बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवसहितको टोली परिचालन गरिएको छ ।

कांग्रेस १५औँ महाधिवेशन : आज साँझ ५ बजेदेखि निर्वाचन कार्यक्रम सुरु

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै

हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा

बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु

रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
अरुपनि पढ्नुहोस
सबै
तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा, अन्य मुद्राको कति?

झापा–इलाममा अवैध ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रजिअको नेतृत्वमा स्थलगत अनुगमन

सर्लाहीमा जङ्गली हात्ती मृत फेला
















