जुवा खेलिरहेको अवस्थामा रास्वपा नेतासहित पाँच जना पक्राउ

नवलपुर टुडे

सारांश
बाँके । बाँकेको कोहलपुरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक स्थानीय नेतासहित पाँच जना पक्राउ परेका छन्। शुक्रबार राति कोहलपुर नगरपालिका–१३ स्थित खड्कवारबाट रास्वपा बैजनाथ गाउँपालिका–४ का वडा सभापति कुलबहादुर ओलीसहित पाँच जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पक्राउ पर्ने अन्यमा कोहलपुर–१२ का धनबहादुर परियार, चन्द्रबहादुर बस्याल र बेलबहादुर डाँगी तथा कोहलपुर–५ का राम गुरुङ रहेका छन्। प्रहरीले उनीहरूबाट जुवा खेलिरहेको अवस्थामा २ लाख २ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि पुनका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्नता सम्बन्धमा आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी

बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण रुपमा क्षतिग्रस्त, अर्बौँको पूर्वाधार नष्ट

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
अरुपनि पढ्नुहोस
सबै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

कांग्रेस महाधिवेशन: आज उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

आज विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तो छ राष्ट्र बैंकको विनिमयदर

कांग्रेस सभापति गगन थापाले गराए १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता















