रसुवा बाढी: बेपत्ता चौधरीका छोराछोरीको पठनपाठनको जिम्मेवारी यादवले लिएँ

नवलपुर टुडे

सारांश
नवलपरासी, भदौ २१ । रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोल निवासी माधव चौधरीका २ जना छोराछोरीको विद्यालय तहको सम्पूर्ण शिक्षा खर्च सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले व्यहोर्ने घोषणा गर्नुभएको छ ।
बाढीले घरपरिवारको मुख्य कमाउने व्यक्ति बेपत्ता बनाएसँगै आर्थिक तथा मानसिक संकटमा परेको चौधरी परिवारका बालबालिकाको पठनपाठन नरोकियोस् भन्ने उद्देश्यले यादवले उनीहरूको शिक्षाको दीर्घकालीन जिम्मेवारी लिने घोषणा गर्नुभएको हो ।
यसअघि पनि यादवले पीडित चौधरी परिवारलाई संकटको बेला खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराउनुभएको थियो । तात्कालिक राहत वितरणपछि बालबालिकाको भविष्यलाई ध्यानमा राख्दै उनले पठनपाठनको निरन्तरताका लागि यो घोषणा गरेका गर्नुभएको हो ।
परिवारमा आएको अचानकको आर्थिक कठिनािका कारण बालबालिकाको विद्यालय शिक्षा बीचमै रोकिने जोखिम बढेको अवस्थामा यादवको यो मानवीय सहयोगले उनीहरूको अध्ययनलाई सहज बनाउने स्थानीयहरूको अपेक्षा छ ।
यादवको यो घोषणाले विपद्को पीडਾमा छटपटाइरहेको चौधरी परिवारलाई आर्थिक राहतका साथै ठूलो मनोवैज्ञानिक हौसला प्रदान गरेको छ । विपद्का बेला गरिने सहयोग केवल तात्कालिक राहतमा मात्र सीमित नराखी प्रभावित परिवारका बालबालिकाको भविष्य निर्माणसँग जोड्नुपर्ने सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको स्थानीयहरूले बताएका छन्।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















