समाज

रसुवा बाढी: बेपत्ता चौधरीका छोराछोरीको पठनपाठनको जिम्मेवारी यादवले लिएँ

नवलपुर टुडे
२०८३ भदौ २१ | मध्यान्ह ०५:०५ बजे

नवलपरासीभदौ २१ । रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोल निवासी माधव चौधरीका २ जना  छोराछोरीको विद्यालय तहको सम्पूर्ण शिक्षा खर्च सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले व्यहोर्ने घोषणा गर्नुभएको छ ।

बाढीले घरपरिवारको मुख्य कमाउने व्यक्ति बेपत्ता बनाएसँगै आर्थिक तथा मानसिक संकटमा परेको चौधरी परिवारका बालबालिकाको पठनपाठन नरोकियोस् भन्ने उद्देश्यले यादवले उनीहरूको शिक्षाको दीर्घकालीन जिम्मेवारी लिने घोषणा गर्नुभएको  हो ।

यसअघि पनि यादवले पीडित चौधरी परिवारलाई संकटको बेला खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराउनुभएको थियो । तात्कालिक राहत वितरणपछि बालबालिकाको भविष्यलाई ध्यानमा राख्दै उनले पठनपाठनको निरन्तरताका लागि यो घोषणा गरेका गर्नुभएको  हो ।

परिवारमा आएको अचानकको आर्थिक कठिनािका कारण बालबालिकाको विद्यालय शिक्षा बीचमै रोकिने जोखिम बढेको अवस्थामा यादवको यो मानवीय सहयोगले उनीहरूको अध्ययनलाई सहज बनाउने स्थानीयहरूको अपेक्षा छ ।

यादवको यो घोषणाले विपद्को पीडਾमा छटपटाइरहेको चौधरी परिवारलाई आर्थिक राहतका साथै ठूलो मनोवैज्ञानिक हौसला प्रदान गरेको छ । विपद्का बेला गरिने सहयोग केवल तात्कालिक राहतमा मात्र सीमित नराखी प्रभावित परिवारका बालबालिकाको भविष्य निर्माणसँग जोड्नुपर्ने सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको स्थानीयहरूले बताएका छन्।

कमेन्टहरु