टिपरको ठक्करबाट एक जनाको मृत्यु

रासस

सारांश
पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा-पिलुवा सडकखण्डमा आइतबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका-१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चौरेललाई तत्काल उद्धार गरी वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पताल पुर्याइएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीका अनुसार पिलुवाबाट पथलैयातर्फ आउँदै गरेका चौरेलले चलाएको प्र२-०३-०२२प ९६४५ नम्बरको मोटरसाइकललाई बैजुरा पुलमा निजगढतर्फ जाँदै गरेको ना१अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर र चालकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए।

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, ५ जना घाइते विद्यार्थीको उद्धार

भोटेकोशी विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

‘लमजुङ दरबार’सँगै बाँचेको माया

बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठ विशेष समारोहद्वारा मनाइयो

तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको पहुँच सडक मर्मत सुरु

म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कांग्रेसको १५औँ महाधिवेशन : बिहान ७ बजेबाट मतदान सुरु हुँदै















