बाढीपीडितका लागि निर्माण सामग्री (हार्डवेयर)व्यवसायी संघ चितवनद्वारा ३ लाख बढीकाे सहयाेग

नवलपुर टुडे

सारांश
चितवन । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ, चितवनले बाढीपीडितको राहतका लागि ३ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
संघले उक्त रकमको चेक चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई हस्तान्तरण गरिएको कार्यसमिति सदस्य रोशन आचार्यले जानकारी दिए । उनका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चितवन उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा निर्माण सामग्री व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछाने, निवर्तमान अध्यक्ष नरहरि घिमिरे, पूर्वअध्यक्षहरू शिव ओझा र हरिप्रसाद गैरे, सल्लाहकार गुणराज शर्मा पौडेल, वरिष्ठ उपाध्यक्ष तोयनाथ घिमिरे, द्वितीय उपाध्यक्ष विश्वबन्धु पौडेललगायत संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















