आज देशभर श्रद्धा र भक्तिपूर्वक ‘श्रीकृष्ण जन्माष्टमी’ मनाइँदै

नवलपुर टुडे

सारांश
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वासका आधारमा आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ।
जन्माष्टमीका अवसरमा देशभरिका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको विशेष पूजा, प्रवचन र भजन कीर्तन गरिँदै छ । यस दिन विशेष गरी महिला तथा पुरुषहरू ‘व्रत’ बस्ने र रातभर जाग्राम बसेर भगवान्को भक्ति गर्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिलाई जोगाउन भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रहन र सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेका थिए ।
कुरुक्षेत्रमा कौरवसँगको युद्धका क्रममा पाण्डव पुत्र अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश नै पवित्र ग्रन्थ ‘श्रीमद्भागवतगीता’ हो । विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको मानिने यो ग्रन्थले कर्मको महत्त्वलाई दर्शाएको छ । बाल्यकालदेखि नै अनेकौँ लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।
यस विशेष अवसरमा ललितपुरको पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गर्छ । यस्तै, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधामका साथै देशभरका साना–ठुला श्रीकृष्ण मन्दिरहरूमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ ।
धार्मिक सङ्घसंस्थाहरूले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने तयारी समेत गरेका छन् । जन्माष्टमी पर्वकै अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















