ड्रोनमा अमेरिकाको नयाँ कर

रासस


काठमाडाैँ। अमेरिकाले चीनमा निर्भरता घटाउने र स्वदेशी ड्रोन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहीबारदेखि ड्रोन तथा केही उपकरणमा १०० प्रतिशतसम्म नयाँ कर लागू गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा शुल्कसम्बन्धी आदेशमा हस्ताक्षर गरेका थिए। ह्वाइट हाउसले ड्रोन आयातबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिमलाई शुल्कको प्रमुख कारण बताएको छ। २५ किलोग्रामभन्दा बढी तौलका ड्रोन, थर्मल इमेजिङ क्षमता भएका ड्रोन र डकिङ स्टेसनमा १०० प्रतिशत तथा साना ड्रोनमा २५ प्रतिशत शुल्क लगाइएको छ।
चीनले अमेरिकी निर्णयको विरोध गर्दै शुल्क फिर्ता लिन आग्रह गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयले यसबाट विश्वव्यापी ड्रोन आपूर्ति शृङ्खला प्रभावित हुने र प्रतिस्पर्धात्मक बजार वातावरण कमजोर हुने बताएको छ।
सन् २००६ मा स्थापना भएको चिनियाँ कम्पनी डीजेआईले विश्व ड्रोन बजारको दुई तिहाइभन्दा बढी हिस्सा ओगटेको छ। डीजेआई सन् २०२२ देखि चिनियाँ सेनासँग सम्बन्धित कम्पनीहरूको अमेरिकी सूचीमा रहेको र अमेरिकी प्रविधिमा पहुँचसम्बन्धी प्रतिबन्धको सामना गर्दै आएको छ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















