समाज

विनयी त्रिवेणी गाउँपालिकाले गर्‍यो प्रधानमन्त्री राहत कोषमा ३२ लाख सहयोग

रासस
२०८३ भदौ १७ | मध्यान्ह ०५:०५ बजे

नवलपुर (नवलपरासी), भदौ १७। रसुवा बाढीपीडितलाई विनयी त्रिवेणी गाउँपालिकाले रु ३२ लाख सहयोग प्रदान गर्ने भएको छ ।

बाढीपीडितको राहत उद्धार तथा पुनःस्थापनाका उक्त रकम प्रदान गरिने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

राहतका लागि पालिकाले पालिकाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट जम्मा गरी एकमुष्ट ३२ लाख ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने भएको छ ।

कमेन्टहरु